Logo
८ असार २०८३, सोमबार

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

अक्षरपाटी
२०८३ असार ८ , सोमबार १२:०६ मा प्रकाशित

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा पुगेकी कुँवरले दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेको हो।

घटनासम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको देखिन्छ।

घटनापछि वडा प्रहरी कार्यालयको टोलीले उनलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार कुँवरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहार मुद्दामा किटानी जाहेरी दर्ता गराएको र सोही आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी रावतले जानकारी दिए।

यता कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

कुँवर नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्य हुन्।

ऐश्वर्या कुँवर पत्रकार