



विराटनगर। कारागारमा असुली धन्धा चलाएको अभियोगमा कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् ।
विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।
मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा घरलाई घेरा हालेर खानतलासी गरेको थियो ।
प्रहरीले गिरीको घरमा शंकास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उनी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक–पटक विवाद गरेका थिए।
कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्।
अभिषेक गिरी


