


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।
नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधान बमोजिम डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
पार्टीका अनुसार डा. आचार्यको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुनेछ। उनलाई नेपाली कांग्रेसको विधान बमोजिम उक्त जिम्मेवारी प्रदान गरिएको हो।
भक्तपुर निवासी डा. आचार्य नेपाली कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन्।
सञ्चार, सूचना अधिकार, नीति अनुसन्धान तथा संगठनात्मक क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्यको नियुक्तिले प्रतिष्ठानको नीति अनुसन्धान र प्रशिक्षण कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कांग्रेस डा. सुरेश आचार्य

