Logo
२० कात्तिक २०८३, शुक्रबार

जेनजी आन्दोलनका घाइते बोहोराको घरमै पुगेर भेटिन् मन्त्री सिताले

अक्षरपाटी
२०८३ कात्तिक २० , शुक्रबार ०७:११ मा प्रकाशित

वीरेन्द्रनगर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जेनजी आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहोरालाई वीरेन्द्रनगरस्थित उनकै निवासमा पुगेर भेटेकी छन्।

भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी छन्।

उनले बोहोराकी छोरीको शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने, श्रीमतीका लागि रोजगारीको अवसर जुटाउन पहल गर्ने तथा परिवारलाई आवश्यक अन्य सहयोग र सेवा सुविधाका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने बताइन्।

मन्त्री बादीले घाइते तथा प्रभावित परिवारको पुनर्स्थापना, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका विषयमा आवश्यक सहयोगका लागि पहल गरेकी छन्।

मन्त्री सिता बादी

ट्रेन्डिङ ( साप्ताहिक )