Logo
२० असार २०८३, शनिबार

मन्त्रालय घटाउँदा वार्षिक २० अर्ब बचतको अनुमान

अक्षरपाटी
२०८३ असार २० , शनिबार १०:०७ मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पुरा गरेकाे छ। सो अवसरमा आज प्रमुख उपलब्धि सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्।

मन्त्री पोखरेलले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समेटिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्रमा उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए। उनले यसरी मन्त्रालयको सङ्ख्या घटाउँदा वार्षिक करिब २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको जानकारी दिए।

यसैगरी उनले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताए।

प्रवक्ता सस्मित पोखरेल

ट्रेन्डिङ ( साप्ताहिक )