Logo
२२ असार २०८३, सोमबार

अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

अक्षरपाटी
२०८३ असार २२ , सोमबार ०५:०७ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारस्थित अर्थमन्त्रीको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे।

अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासमा सहकार्य गर्न आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए।

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले एसियाली विकास बैंक मासातो कान्डा

ट्रेन्डिङ ( साप्ताहिक )