Logo
३० असार २०८३, मंगलबार

आजको मौसमः अधिकांश क्षेत्रमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

अक्षरपाटी
२०८३ असार ३० , मंगलबार १०:०७ मा प्रकाशित

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही क्षेत्रमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागले वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो र भूक्षयको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै, सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।

आजको मौसम

ट्रेन्डिङ ( साप्ताहिक )