




काठमाडौं। खाना पकाउने ग्यास नपाएर आम उपभाेक्ता लाइन बस्न थालेको करिब महिना दिन हुन लाग्यो। यद्यपि यसअघिको निगम नेतृत्वदेखि व्यवसायी र सरोकारवालाले ग्यासको अभाव नभएको दाबी गर्दै आएका थिए।
तर नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहले भने बजारमा देखिएको समस्यालाई आत्मसाथ गर्दै आगामी ४ देखि ५ दिनभित्र ग्यासको समस्या समाधान गरिने बताएका छन्। उनले ग्यासकाे आपूर्तिमा कुनै कमी नभएकाले सर्वसाधारणलाई अहिले नै खाली सिलिन्डर बोकेर लाइनमा नबस्न र चिन्तित नहुन उनले आग्रह समेत गरेका छन्।
देशमा ग्यासको कुनै वास्तविक अभाव नरहेको स्पष्ट पार्दै साहले पछिल्लो तथ्याङ्क अनुसार दैनिक ९० हजारदेखि १ लाख सिलिन्डर खपत हुने गरेकोमा हिजोआज दैनिक १ लाखदेखि १ लाख २० हजार वटासम्म सिलिन्डर बिक्री भइरहेको जानकारी दिए।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मागअनुसारकै ग्यास नियमित आपूर्ति भइरहेको र आधा सिलिन्डर वितरण गर्ने नीतिका कारण केही समय प्राविधिक असन्तुलन मात्र देखिएको साहले स्पस्ट पारेका छन्।
निर्देशक नागेन्द्र शाह नेपाल आयल निगम

