Logo
३ भदौ २०८३, बुधबार

रास्वपा सभापति रवि लामिछानेले डाके संसदीय दलको बैठक

अक्षरपाटी
२०८३ भदौ ३ , बुधबार १०:०८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्।

बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको एक सांसदले बताए।

बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई भदौ १० गते सांसदले उठाएका प्रश्नको जवाफ दिन संसद्‌मा बोलाए लगत्तै सभापतिले बोलाएकाे संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ।

संसद्‌मा सांसदहरूको प्रस्तुति बिग्रिँदै गएपछि तथा उनीहरू अनुपस्हुथित हुन थालेपछि सभापति लामिछानेले सक्रियता देखाएको बुझिन्छ।

यस एअघि उनले ‘क्यान्डिडेट क्लब’को घोषणा कार्यक्रममा हिजो नै सांसद र नेताहरूलाई इङ्गित गर्दै स्ट्यान्डबाजी भन्दा पनि नेताले जिम्मेवार भएर जनताको सेवामा समर्पित हुनुपर्ने बताइसकेका छन्।

उनले यो पनि भनेका थिए कि- ‘अभियन्ता हुनु, चर्चित हुनु र जिम्मेवार राजनीतिज्ञ बन्नु एउटै कुरा होइन।’

संसदीय दलको बैठक राख्ने काम प्रधानमन्त्रीसमेत रहेका रास्वपा संसदीय दलका नेता वालेन शाहको हो। तर उनी हालस्म एकपटक मात्र संसदीय दलको बैठकमा सहभागी भएका छन्।

रवि लामिछाने