Logo
१२ भदौ २०८३, शुक्रबार

अत्यधिक बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरीक्षण गरेर काठमाडाैं फर्किए प्रधानमन्त्री

अक्षरपाटी
२०८३ भदौ ११ , बिहीबार ०३:०८ मा प्रकाशित

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा भएको क्षतिको प्रत्यक्ष अवलोकन गरेका हुन।

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आएका छन्। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमै पुगेर अवस्थाको जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाह नेतृत्वको टोलीले बाढीबाट क्षतिग्रस्त सडक, पूर्वाधार तथा बस्तीको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापनालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए।

स्थलगत निरीक्षणपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ।

प्रधानमन्त्री बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )