



काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा यो वर्ष भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
सरकारले उक्त दिनलाई जेनजी शहीद दिवसका रूपमा स्मरण गर्ने निर्णय गरेको जनाएको छ ।
जेनजी आन्दोलन सार्वजनिक बिदा

