Logo
२२ भदौ २०८३, सोमबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘ट्रिप इन होटल समूह’को ५१ लाख

अक्षरपाटी
२०८३ भदौ २२ , सोमबार ०४:०९ मा प्रकाशित

काठमाडाैं। नेपाली व्यवसायीहरुद्वारा सञ्चालित युरोपको ट्रिप इन होटल समूहले नेपालका बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ट्रिप इन होटल समूहको कल्याणकारी संस्था ‘हेल्पिङ ह्यान्ड्स’ले आज उद्धार कोषमा ५१ लाख रुपैयाँ जम्मा गरेको हो। सो रकम कोषको खातामा जम्मा गरिएको समूहले जनाएको छ।

‘देशले यतिखेर ठूलो विपत्तिको सामना गर्नुपरेको छ,’ समूहका तर्फबाट सञ्चालक जीवा लामिछानेले भने, ‘यस्तो कठिन घडीमा उद्धार र राहतको काम प्रभावकारी रूपमा सम्पन्न गर्न सरकारलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो। यस्तो बेला हामी सबैले आफूले सकेको योगदान गर्नुपर्छ। रकम ठूलो वा सानो हुन सक्छ तर यतिखेर देशले भावनात्मक र मनोवैज्ञानिक ऐक्यबद्धता पनि खोजेको छ।’

जीवा लामिछाने ट्रिप इन होटल