



काठमाडौं । सामाजिक सेवा तथा रक्तदान अभियानको निरन्तरता स्वरुप चैतन्य लोकसेवाले बाढीपीडित घाइतेको उपचारमा सहयोग गर्न तथा जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको छ।
चैतन्यले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवा तथा रक्तदानका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सोही अभियानअन्तर्गत पछिल्लो समय देशमा देखिएको विपद् तथा मानवीय संकटलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
‘रक्तदान जीवनदान, मानवसेवाका लागि चैतन्य अभियान’ भन्ने नारासहित आयोजित कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा संकलित रगतले बाढीपहिरोका कारण घाइते भएकाहरूको उपचार तथा आवश्यकतामा रहेका बिरामीलाई सहयोग पुग्ने विश्वास लिइएको चैतन्यका कार्यकारी निर्देशक गणेश जोशीले बताए। चैतन्यले रक्तदानलाई मानव सेवाको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जोशीले जानकारी दिए।
चैतन्यका अनुसार एक थोपा रगतले कसैलाई नयाँ जीवन दिन सक्ने भएकाले रक्तदानप्रति आम नागरिकमा जनचेतना अभिवृद्धि गर्नु अभियानको मुख्य उद्देश्य हो।
चैतन्य लोकसेवा

