



काठमाडौं । काठमाडाैंको होटल सोल्टी क्राउन प्लाजामा आज साँझ ग्ल्यामर, सौन्दर्य र प्रतिभाको एउटा भव्य उत्सव आयोजना हुँदैछ। विश्वभर नेपालको प्रतिनिधित्व गर्ने दुई प्रतिष्ठित ताज—’मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’ को विजेता छनोटका लागि दशौँ संस्करणको ग्रान्ड फिनाले आयोजना हुन लागेको हो।
देशभरबाट आएका ११० जना प्रतिभावान् सुन्दरीहरूमध्ये कडा प्रतिस्पर्धा पार गर्दै अन्तिम १४ जना सुन्दरीहरू आज साँझ ५ बजे सोल्टीको झिलिमिली र्याम्पमा उत्रिनेछन्। उनीहरूको आत्मविश्वास, शैली र बौद्धिकताले र्याम्पमा छुट्टै रौनक ल्याउने पक्का छ।
यसपटकको प्रतिस्पर्धालाई थप अन्तर्राष्ट्रिय र भव्य बनाउन बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलीना जेटली र चर्चित मोडल मनिका विश्वकर्मा काठमाडौँ आइपुगेका छन्। उनीहरूले मुख्य निर्णायकको भूमिका निभाउँदै १४ सुन्दरीहरूमध्येबाट सर्वश्रेष्ठ प्रतिभाको चयन गर्नेछन्।
विश्व मञ्चको यात्रा: पोर्तो रिको र फिलिपिन्स
विगत ३ वर्षदेखि यस प्रतियोगिताको कुशल व्यवस्थापन गर्दै आएकी ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगिता पुरीका अनुसार आज चयन हुने दुई विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउनेछन्।
मिस युनिभर्स नेपाल: मनोरम टापु पोर्तो रिकोमा आयोजना हुने मिस युनिभर्सको मुख्य प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन्। वातावरण र प्रकृतिको सन्देश बोकेर फिलिपिन्सको मनिलामा आयोजना हुने मिस अर्थमा सहभागी हुनेछन।
ग्ल्यामर, फेसन र सपनाहरूको यो भव्य साँझले काठमाडौँको सोल्टीलाई पूर्ण रूपमा ‘रेड कार्पेट’मय बनाएको छ। कुन सुन्दरीको शिरमा पहिरिनेछ त बहुप्रतीक्षित क्राउन? सबैको नजर अब सोल्टीको र्याम्पतर्फ सोझिएको छ।
मिस अर्थ नेपाल मिस युनिभर्स

