



धादिङ। धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
उनको ज्यान जोखिममा परेको अवस्थामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ल्याइएको छ। हाल उनको उपचार भइरहेको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल प्रसूति अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
हवाई उद्धार

