Logo
१८ कात्तिक २०८३, बुधबार

अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिश्रीबीच भेटवार्ता

अक्षरपाटी
२०८३ कात्तिक १८ , बुधबार ०४:११ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेको अर्थमन्त्रीको सचिवालय जनाएको छ।

भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले