Logo
१९ कात्तिक २०८३, बिहीबार

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गरिने

अक्षरपाटी
२०८३ कात्तिक १९ , बिहीबार ०३:११ मा प्रकाशित

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथको नाममा‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’स्थापना गर्ने भएको छ।

विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक नरहरिनाथको योगदानको सम्मान गर्दै केन्द्र स्थापना गर्ने प्रस्तावलाई सिनेट बैठकले औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको हो।

केन्द्रमार्फत नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय, दर्शन तथा परम्परागत ज्ञानको वैज्ञानिक अध्ययन–अनुसन्धान गरिनेछ।

साथै अनुसन्धानलाई प्रविधिमैत्री बनाउँदै नयाँ ज्ञान र नवप्रवर्तनका क्षेत्रमा काम गर्ने विश्वविद्यालयले जनाएको छ।

केन्द्र स्थापनाले नेपाल संस्कृत विश्वविद्यालयलाई मौलिक ज्ञान र संस्कृतिसम्बन्धी अनुसन्धानको विशिष्ट केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

योगी नरहरीनाथ

ट्रेन्डिङ ( साप्ताहिक )