Logo
२० कात्तिक २०८३, शुक्रबार

राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत दलेलाले बुझाए ओहोदाको प्रमाणपत्र

अक्षरपाटी
२०८३ कात्तिक २० , शुक्रबार ०७:११ मा प्रकाशित

काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

शुक्रबार काठमाडौंस्थित राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै राष्ट्रपति पौडेलसमक्ष औपचारिक रूपमा प्रमाणपत्र बुझाएका हुन्।

ओहोदाको प्रमाणपत्र प्रस्तुत समारोहमा नेपाल–भारत सम्बन्धसँग जोडिएका विभिन्न पक्षमा आगामी दिनमा सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने विषयले समेत महत्व पाउने अपेक्षा गरिएको छ।

भारत र नेपालबीच सदियौँ पुरानो सामाजिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध रहँदै आएको छ।

दुई देशबीच व्यापार, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, पर्यटन तथा विकास साझेदारीका क्षेत्रमा समेत निरन्तर सहकार्य हुँदै आएको छ।

राजदूत दलेलाको नेपालका लागि भारतीय राजदूतका रूपमा औपचारिक कार्यभार प्रारम्भसँगै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

तस्विर : भारतीय राजदूतावास

भारतीय राजदूत राष्ट्रपति रामचन्द्र पौडेल

ट्रेन्डिङ ( साप्ताहिक )