




काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टल मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए।
सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ।
हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ।
सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ।
ग्यास अभाब

