




काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
वरियताक्रमअनुसार श्रेष्ठले उक्त जिम्मेवारी पाएका हुन्। दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा जाने कार्यक्रम छ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारत भ्रमणमा जान लागेका छन्।
विराजभक्त श्रेष्ठ

