Logo
२७ पुस २०८१, शनिबार

सञ्चारमाध्यमले विषय होइन व्यक्तिलाई प्राथमिकता दिए : सभामुख घिमिरे

अक्षरपाटी
२०७९ फागुन १९ , शुक्रबार ०३:०३ मा प्रकाशित

काठमाडौं १९ फागुन। ‘म सभामुख भएको धेरै समय त भएको छैन, तर संसदमा महिला माननीयका कतिपय गम्भीर विषयलाई पनि मिडियाले प्राथमिकता नदिएको अनुभव गरेको छु,’ प्रेस काउन्सिलले आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले भने, ‘व्यक्ति हेरेर केही माननीयहरुले बोलेको कुरा मौ प्राथमिकतामा पर्छ।’

सभामुख घिमिरेले संसदमा महिला सांसदहरुले उठाएका आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिए। सभामुख घिमिरेले सञ्चार माध्यमले विषयभन्दा पनि व्यक्तिलाई हेरेर प्राथमिकता दिने गरेको गुनासो गरे।

सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिनसके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने उल्लेख गरे।

सभामुख घिमिरेले संसद रिर्पोटिङमा पत्रकार महिलाको उपस्थिति कम रहेको बताउँदै सञ्चारमाध्यमले महिलालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।

सभामुख घिमिरेले प्रेस काउन्सिल ऐनलाई संशोधन गर्दै समयसापेक्ष बनाउने धारणाप्रति आफू सकारात्मक रहेको बताउँदै सरोकारवाला निकायलाई छलफल गर्न आग्रह गरे।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल ऐनका कतिपय दफाहरु संशोधन आवश्यक रहेको भन्दै समयानुकूल बनाउन सभामुखको ध्यानाकर्षण गराए। उनले डिजिटल सञ्चार माध्यमलाई समेत समेट्ने गरी कानून संशोधनमा जोड दिए ।

कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा कुन्दन अर्याल, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारमा महिलाको उपस्थिति र महिला सवालका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।