Logo
१४ भदौ २०८३, आईतबार

शान्ती श्री परियारको ‘पुरानो घाउ’ सार्वजनिक

अक्षरपाटी
२०७९ फागुन २४ , बुधबार १०:०३ मा प्रकाशित

काठमाडौं। गायक पुष्कल शर्मा र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘पुरानो घाउ’ गीतको भिडियो सार्वजनिक भएको छ।

प्रवासमा रहेर दुई दर्जनभन्दा बढी गीतमा आवाज र एक दर्जनभन्दा बढी गीतका शब्द र संगीत गरेका सुन्दर परियारले यसपटक लोकदोहोरी गीत ुपुरानो घाउ’ मा शब्द लेखेका छन।

‘भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरानो घाउ’ प्रेमीले प्रेमिकालाई भुल्न निकै कठिन परेको र प्रेमिकालाई ब्रेनट्युमर भएका कारण झनै बज्रपात परेको अवस्थालाई भिडियोमा देखाइएको छ।

कुवेतलाई कर्मथलो बनाउँदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने इन्द्र थापा मगरले गरेका हुन।

गीतको भिडियोमा कुवेतमै कार्यरत कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल ठकुरी, गोबिन्द बराल लगायतको अभिनय छ।

ट्रेन्डिङ ( साप्ताहिक )