काठमाडौं । सरकारले विश्वकप क्रिकेटको एकदिवसीय ग्लोबल छनोटमा पुगेका खेलाडीलाई जनही ३ लाख दिने निर्णय गरेको छ।
हिजो भएको खेलमा युएईलाई पराजित गर्दै जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमका प्रत्येक खेलाडीलाई ३ लाख रकम दिने सरकारले निर्णय गरेको हो।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटार बोलाएर सम्मान स्वरुप टोलीका प्रत्येक खेलाडीलाई ३ लाखका खरले रकम दिने घोषणा गरेका हुन्।
सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणिय सिरिजमा बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।
नेपालले यस सिरिजमा १२ मध्ये ११ खेल जित्न सफल भएको थियो।