काठमाडौं । बाग्मती प्रदेशमा दुई मन्त्री थपिएका छन्।
कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका सांसद तीर्थ लामा बने मन्त्री बनेका हुन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुईजना मन्त्री थप गरी मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना र तीर्थबहादुरलाई खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उनीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका छन्। बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ।
कांग्रेस नेताहरु सहभागी भएपछि पनि अझै ५ मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलसंग छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादी भने सरकारमा सहभागी छैन।