



काठमाडौं । बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा बन्द भएको हो। बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा बन्द भएको थियो।
आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ। भने २१६ कम्पनीको शेयरमूल्य घटेको हो। त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
शेयर बजार घटेसँगे कारोबार रकममा पनि गिरावट देखिएको छ। आज बजारमा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार नेप्सेमा सात अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ। यस कम्पनीको आज ३० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
सर्वाधिक मूल्य बढ्नेमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्ट कम्पनी रहेका छन्। आज यी कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो। आज सूर्यमुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य ११.७९ प्रतिशतले घटेको छ।
शेयर बजार



