Logo
८ पुस २०८१, सोमबार

बेरोजगारका लागि हायर मीको जब पोर्टल लन्च

अक्षरपाटी
२०८० वैशाख ७ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं। नयाँबानेश्वरस्थित हायर मी सर्भिस प्रालिले सेवा क्षेत्र विस्तार गरेको छ।

बेरोजगार व्यक्तिलाई रोजगारी प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले सञ्चालन भएको कम्पनीले नयाँ वर्ष २०८० अवसरमा आफ्नो जब पोर्टल र एप लन्च गरेको हो।

चार वर्षदेखि नयाँबानेश्वरमा सञ्चालित उक्त कम्पनीले थप सुविधा प्रदान होस् भन्ने उद्देश्यले बिहीबार मातातीर्थ औँसीको अवसरमा जब पोर्टल र एप लञ्च गरेको हो।

आफूहरू र कम्पनीका बारेमा जानकारी दिन तथा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यका साथ नयाँ वर्षको अवसरमा हायर मी नामक एप लञ्च गरिएको बताइएको छ।

थुप्रै व्यक्तिहरूलाई रोजगार प्रदान गर्दै आएको कम्पनीले आफ्नो सेवा क्षेत्र र ग्राहकको सुविधालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको सञ्चालक लक्ष्मण जोशीले बताए।

‘हामीले रोजगारी प्रदानका लागि कम्पनीहरूसँग सहजीकरण गरिदिने, स्वरोजगार बन्न चाहनेहरूलाई तालिम प्रदान गर्ने, करियर काउन्स्लिङ्ग प्रदान गर्ने, आउट स्वर्सिङ र जब पोस्टिङलगायत काम गर्दै आएका छौं,’ जोशी भन्छन्।

उनले आफूहरूको कम्पनी नेपाल सरकारबाट श्रम स्वीकृति पाएको कम्पनी भएको बताए।

ुहामी जबसेन्टर होइनौं। सरकारको हामीमाथि विश्वास छ। हामीले श्रम स्वीकृति प्राप्त कम्पनी हौं। इम्प्लोइबाट एक पैसा पनि लिँदैनौँ। कम्पनीबाट सेवा बापतको चार्ज लिन्छौं,ु उनले भने।

‘अहिलेको समय प्रविधिको हो। मान्छेलाई छिटो, छरितो र सहज सेवा चाहिएको हुन्छ। सो सेवा प्रदान गर्नकै लागि हामीले यो सफ्टवेयरको विकास गरेका हौं,’ जोशी भन्छन्।

यो एपलाई प्लेस्टोरमा गएर हायर मी सर्च गरी डाउनलोड गर्न सकिने छ। यसलाई डाउनलोड गरेर आफ्नो इमेल र पासवर्ड राखी हाम्रा सेवाका बारेमा जानकारी लिन सकिने छ।