Logo
२६ पुस २०८१, शुक्रबार

सीसीटीभी जडान र सञ्चालनको लागि प्रहरीलाई महानगरपालिकाको ६ करोड

अक्षरपाटी
२०८० वैशाख ८ , शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं । सीसीटीभी जडान र सञ्चालनको लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा सीसीटीभी जडानको सुरुवाता भएको बताएका छन् ।

शुक्रबार विहान सामाजिक सञ्जालमा मेयर शाहले भने, ‘चुनाब पहिले मैले भनेको थिए चोक चोकमा सीसीटीभी हाल्नेछु । यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ ।’

सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनले बताए ।

‘सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौं । यो सुरुवात मात्र हो । हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ,’ मेयर शाहले लेखेका छन् ।