Logo
७ पुस २०८१, आईतबार

चालक अनुमति पत्र १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिँदै

अक्षरपाटी
२०८० वैशाख १२ , मंगलबार ०४:०४ मा प्रकाशित

काठमाडौं। हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने चालक अनुमति पत्र अब १० वर्षमा नवीकरण गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए।

आज संसद बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले अहिलेको व्यवस्था अलि झन्झटिलो र खर्चिलो भएकाले नयाँ व्यवस्था गर्न लागेको बताए।

उनले १०–१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन संसोधन गर्न लागिएको समेत संसदलाई जानकारी गराए। उनले १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्दा स्मार्ट कार्ड छाप्नका लागि हुने खर्चमा समेत कमी आउने जानकारी गराए।