Logo
१४ भदौ २०८३, आईतबार

काठमाडौंसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

अक्षरपाटी
२०८० वैशाख २१ , बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं। काठमाडौंमा लगातार तीनदिन पानी परिरहेको अवस्थामा आज पनि पानी पर्ने सम्भावना छ।

आज कर्णाली प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहाद देशभर सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले उल्लेख गरेको छ।

कोसी, मधेस र वाग्मती लगायतका प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौंका केही ठाउँमा बिहानैबाट वर्षा सुरु भएको छ। आज दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । दिनभर वर्षा नभए पनि पानी पर्ने र रोकिनेक्रम भने चलिरहने विभागले जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )