Logo
१८ पुस २०८१, बिहीबार

गिट्टीको थुप्रोमा मान्छेको टाउको भेटियो

अक्षरपाटी
२०८० वैशाख २२ , शुक्रबार १२:०५ मा प्रकाशित

घनगढी। सडक निर्माणका लागि ल्याइएको गिट्टीको थुप्रोमा मान्छेको टाउको भेटिएको छ।

बैतडीको पाटनमा गिट्टीको थुप्रोमा मान्छेको टाउँको भेटिएको प्रहरीले जनाएको छ। पाँच दिनअघि पाटन नगरपालिका ६ मा निर्माणधीन सडकका लागि ल्याइएको गिट्टीको थुप्रोमा एम मानिसको टाउको भेटिएको हो।

तर पहिचान भने खुल्न नसकेको र पहिचनाका लागि टाउको जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

सूर्नया गाउँपालिका बाचपानीबाट ल्याइएको गिट्टीमा मान्छेको टाउको फेला परेको प्रहरीले जनाएको छ। अस्तालको रिपोर्ट आएपछि पहिचान खुल्ने अपेक्षा रहेको प्रहरी निरीक्ष्क लोकराज जोशीको छ्।

टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने पनि उनले जानकारी दिए।

प्रहरीले टाउको भेटिएको बाचपानी क्षेत्रबाट कोही मानिस हराएको र शरीरको अन्य भागको खोजी गरिहेको छ।