Logo
२६ वैशाख २०८२, शुक्रबार

पूर्वउपप्रधानमन्त्री रायमाझी पासीकोटबाट पक्राउ

अक्षरपाटी
२०८० वैशाख ३१ , आईतबार ०९:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

आइतबार साँझ उनी काठमाडौंको बुढानिलकण्ठस्थिति पासीकोकोटबाट पक्राउ परेका हुन्।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसदिन अर्घाखाँचीको एक शैक्षिक संस्थाको कार्यक्रममा सहभागी उनी फरार रहेका थिए।

रायमाझी पक्राउ परेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले पुष्टि गरेका छन्।

उनका छोरा सन्दीप रायमाझी भने वैशाख २० गते नै सोही प्रकरणमा पक्राउ परेका थिए।

टोपबहादुर रायमाझी