Logo
२१ असार २०८२, शनिबार

प्रधानमन्त्रीकी नातिनी स्मिताको ‘आँखामा गाजल’

अक्षरपाटी
२०८० जेठ १३ , शनिबार ०२:०५ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी गायिका स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छन्।

अध्ययनमा व्यस्त उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन्। उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो।

रोमान्टिम शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ।

देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छिन्।

रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ।

सुदिप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन्। गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन।

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन्।

‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु। रोमान्टिक फ्लेबरमा गाएकी छु। दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ ।’

‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरु हुन् ।