काठमाडौं १ साउन। पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले आजदेखि नै लागु हुनेगरि भाडा घटाएको हो।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ। त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए।
घटाएको भाडा दर आजदेखि नै लागु हुने बताइएको छ।