झापा । जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका हुन्।
कारागारभित्र ढुंगा हानाहान भइरहेको छ। कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ ।
भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ।