Logo
८ पुस २०८१, सोमबार

रास्वपाका सांसदले संसद् अवरूद्ध हुँदाको सेवा- सुविधा नलिने

अक्षरपाटी
२०८० साउन २६ , शुक्रबार ०२:०८ मा प्रकाशित


काठमाडौँ,२६ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएको छ।

शुक्रबार रास्वपा संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा नलिने बताउँदै सभामुख देवराज घिमिरेलाई पत्र बुझाएको हो।

रास्वपाले बुझाएको पत्रमा भनिएको छ, ‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ।,’