काठमाडौं,२८ साउन । मन्त्रिपरिषद् पुनर्गठनअघि नेकपा माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। मन्त्रिपरिषद् हेरफेर र समसामयिक विषयमा छलफल गर्न माओवादीका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल , गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी , पर्यटनमन्त्री सुदन किराती, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।
प्रधानमन्त्री दाहाल सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्।