Logo
९ पुस २०८१, मंगलबार

जार र बोतलको पानीमा हैजाको जिवाणु भेटिएपछि २१ उद्योगविरुद्ध मुद्दा

अक्षरपाटी
२०८० भदौ ४ , सोमबार ०२:०८ मा प्रकाशित

काठमाडौं,४ भदौ । वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको विभिन्न अनुगमनमा पानी उद्योगले उत्पादन, वस्तुको गुणस्तर, वितरण र मूल्यमा धेरै बदमासी गर्ने गरेको पाइएको छ । खाद्य प्रविधिले गरेको अनुगमन र गुण परीक्षणमा आधारभूत मापदण्ड नै पूरा नभएकोदेखि मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने हैजाको जिवाणुको अवशेष पनि पिउने पानीमा फेला परेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजन बताउँछन् । सूक्ष्म जिवाणुहरु ‘इ-कोलाई’ र ‘कोलिर्फम’ पनि पिउने पानीमा भेटिएको महर्जन बताउँछन् ।

खानेपानीमा ढल वा जनावरको फोहोर मिसियो भने इ-कोलाइ जीवाणु फेला पर्छ । यसले मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गर्छ । कोलिर्फमले झाडा पखलालगायत रोग लाग्ने गर्छ ।

उनका अनुसार बोतलको पानीमा भन्दा जारका पानीमा धेरै समस्या छ । ‘पानीको गुणस्तरका लागि सरकारले तोकेका आधारभूत मापदण्ड पालना नगर्नेदेखि हानीकारण जिवाणुसमेत पानीमा पाइएको छ,’ महर्जन भन्छन्, ‘यस्तो पाउनेबित्तिकै कारबाही भइहाल्छ ।’ यसका अलावा पानीमा हुनु पर्ने भन्दा धेरै ‘पीएच’ मा पानीको एसीडिटी, मिनरलहरुको मात्रा तलमाथि जस्ता समस्या पनि पानीमा देखिने गरेको छ ।

आर्थिक वर्ष २०७७र७८ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १६५ वटा खानेपानी उद्योगमा अनुगमन गरेको थियो, जसमध्ये जटिल प्रकृतिको दूषित पानी उत्पादन गरेको भेटिएपछि १६ वटा उद्योगलाई विभागले मुद्दा दर्ता गरेको थियो ।

आर्थिक वर्ष २०७८र७९ मा १२९ पानी उद्योगको नमूना संकलन गरेर अध्ययन गर्दा विभागले १७ वटा नमूनामा कैफियत पाएको थियो ।

त्यसमध्ये ९ वटालाई विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दूषित पानी उत्पादन र बिक्री वितरणको मुद्दा दायर गरिएको थियो । गत आर्थिक वर्ष २०७९र८० मा पनि १५५ वटा पानी उद्योगको नमूना जाँच गर्दा पानीका ५५ वटा नमुनामा कैफियत पाएको थियो । त्यसमध्ये २१ वटा उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको थियो ।

सरकारी तथ्याङ्कअनुसार नेपालभर अहिले बोतल र जारको पानी बिक्री गर्न भन्दै ६ सय उद्योग सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्याकामा मात्रै पानी उद्योगको संख्या २ सय छ ।

दूषित पानी उत्पादन र बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ०७९र८० मा मुद्दा दायर गरेका कम्पनीहरु

१। मदरल्याण्ड एग्रीकल्चरल इन्डष्ट्रिज प्रा।लि।, हेटौंडा-८, मकवानपुर
२। संगम वाटर इन्डष्ट्रिज, गोदावरी-२, कैलाली
३। रुपसान प्रशोधित खानेपानी उद्योग, विराटनगर- १३
४। प्राची स्प्रिङ वाटर सोलुसन प्रालि, बुढानीलकण्ठ, काठमाडौं
५। गुडलक बेभरेज, बुढीगंगा, मोरङ
६। ग्रीन डेली मिनरल वाटर इन्डिष्ट्रिज काठमाडौं
७। एभरेष्ट बेभरेज प्रालि, जोरपाटी, काठमाडौं
८। एनएस ग्रूप अफ इन्डष्ट्रिज, टोखा, काठमाडौं ।
९। हिमाल मिनरल वाटर प्रालि मातातीर्थ, काठमाडौं ।
१०। भगवती बेभरेज इन्डष्ट्रिज, बुद्धशान्ति-३, झापा
११। अक्वा विनायक, भक्तपुर
१२। हेरिटेज बेभरेज प्रा। लि। भक्तपुर
१३। सैलुङ स्प्रिङ वाटर उद्योग, मन्थली-१, रामेछाप
१४। सुनमाई वाटर प्रालि, शुद्धशान्ति- ७, झापा
१५। जम्बूलिंक ग्रुप इन्डिष्ट्रिज प्रालि, काठमाडौं (ऐनविपरीत काम गरेको)
१६। गोरखा स्वीट वाटर प्रालि, काठमाडौं (ऐनविपरीत काम गरेको)
१७। आक्वा टप मकालु मिनरल वाटर प्रालि, झापा
१८। स्वस्तिक प्राशोधित पानी उद्योग, सुनवल, नवलपरासी
१९। बालाजी बेभरेज काठमाडौं
२०। न्यू लहर ड्रिकिङ वाटर इन्डष्ट्रिज (ऐनविपरीत काम गरेको)
२१। शिवगंगा वाटर इन्डष्ट्रिज, सरावल, नवलपरासी