Logo
७ वैशाख २०८१, शुक्रबार

सत्तागठबन्धन कार्यदल सिट बाँडफाँटको कार्यादेश टुंग्याउने कोसिसमा

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०७:०९ मा प्रकाशित

सत्तारुढ गठबन्धन दलको कार्यदलले आफूलाई प्राप्त कार्यादेश टुंग्याउने तयारी गरेको छ।

सोमबारको बैठकमा गठबन्धन दलहरु केही लचिलो देखिएपछि आज साँझ बस्ने बैठकले आसन्न निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश आज टुङ्ग्याउने तयारी गरेको छ।

आज बस्ने बैठकमा चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम टुंग्याउने कार्यदलका सचिव तथा अधिवक्ता केशवराज जोशीले बताए। बैठकले आफ्नो जिम्मेवारी टुंग्याएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने जानकारी दिए।

सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको कार्यदलको भनाइ छ। ह