Logo
६ वैशाख २०८१, बिहीबार

बाह्र वर्षदेखिको उपाधि जित्ने हुटहुटी…

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०५:०९ मा प्रकाशित

० रोहित गिरी

करिब साढे तीन दशक भयो, नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको । यो अवधिमा नेपालले थुप्रै प्रतियोगितामा प्रतिस्पर्धा गर्यो। तर अहिलेसम्म नेपाली महिला फुटबल टोलीले कुनै उपाधि जित्न सकेको छैन्।

महिला फुटबलको संरचना नै कमजोर रहेको नेपाल सँधै भारतको चेपुवामा पर्यो। बाधक बनिरहने भारतका कारण नेपालको उपाधि जित्ने हुटहुटी अहिलेसम्म पुरा हुन सकेको छैन।

महिला साफ च्याम्पियनसिप २०१० मा बंगलादेशबाट सुरु भयो। यही श्रृंखला दोहोरिएको पनि अब १२ वर्ष हुँदैछ। १२ वर्षे इतिहासमा छैटौं संस्करणको साफ नेपालले आयोजना गर्दैछ। वर्ष फेरिए, संस्करण फेरिए । तर, नेपाली महिला फुटबलको नियति आजसम्म फेरिएको छैन।

नेपालको स्तर दक्षिण एसियाभन्दामाथि उठ्न सकेको छैन्। भारतसँग नेपालको हारको श्रृंखला जारी नै छ। साफमा चारपटक उपविजेतामा समिति बन्नु र एकपटक सेमिफाइनलबाटै बाहिरिनुको कारण भारत नै हो।

पहिलो महिला साफमा नेपाल एक गोल पनि नखाँदै फाइनल पुग्यो। तर, फाइनलमा भारतसँगको एक गोल नेपालको उपाधिका लागि बाधक बन्यो। पहिलो साफबाटै जागेको उपाधिको हुटहुटी नेपालले अहिलेसम्म मेटाउन सकेको छैन्।

नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको शून्यता तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए। करिब डेढ महिनाको प्रशिक्षणको क्रममा विविध बाधाहरु भए पनि टोलीलाई मजबुत बनाउने प्रयास गरेको बताए।

प्रशिक्षक थापाले कम भन्दा कम गल्तीहरु गर्नेमा आफू केन्द्रित भएको र गोल गर्ने रणनीतिका साथ टोलीलाई मैदान उतार्नलागको बताए। पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले भनाइ छ।

वास्तविकता के हो भने नेपालमा महिला फुटबलका लागि विशेष कार्यक्रम र व्यवस्थित संरचना नै छैन। अहिलेसम्म एन्फाले महिला फुटबललाई परीक्षण मात्र गरिरहेको छ भन्दा अतिसयोक्ति नहोला ।

महिला साफ च्याम्पियनसिप २०१० मा बंगलादेशबाट सुरु भयो। यही श्रृंखला दोहोरिएको पनि अब १२ वर्ष हुँदैछ। १२ वर्षे इतिहासमा छैटौं संस्करणको साफ नेपालले आयोजना गर्दैछ। वर्ष फेरिए, संस्करण फेरिए । तर, नेपाली महिला फुटबलको नियति आजसम्म फेरिएको छैन।

सन् २००३ यता भारतले महिला फुटबलको विकासका लागि उमेर समूहको खेललाई विशेष प्राथमिकतामा राख्दै आएको छ। तर, मुस्किलले आयोजना गरिने नेपाली महिला राष्ट्रिय लिग पनि बिचैमा रोकिने गरिन्छ। यस्तोमा जसोतसो नेपाली महिला खेलाडीले भारतसँग प्रतिस्पर्धा गरिरहेका छन्।

कमजोर घरेलु संरचनाबीच उनीहरुले उपाधि जित्ने विश्वस गुमाएका छैनन्। तर, संस्करणमा पाकिस्तान पनि समावेश भएको छ । अघिल्लो संस्करणमा प्रतिबन्धका कारण सहभागी हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा गरेका छन्।

पाकिस्तानी टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन्। नेपाली महिला खेलाडीका लागि यसपटक पनि स्थिति सोचेजस्तो सहज छैन। अर्कोतिर नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण टिम छैनन्।

तुलनात्मक रूपमा कमजोर देखिँदै आएको भुटानविरुद्ध नेपाल आज मैदानमा छ। नेपाल सहज समूहमा परेकाले सेमिफाइनल पुग्ने सम्भावना लगभग पक्का जस्तै छ। सेमिफाइनल पुगे नेपालले उपाधि दावेदार भारत, बंगलादेश वा पाकिस्तानको सामना गर्नुपर्नेछ। यसैले पनि सेमीफाइनल नै नेपालका लागि खतरा हुनसक्छ।

नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन्। यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्।

नेपालले आफ्नो दोस्रो तथा समूहचरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको पाँचौ संस्करण सन् २०१९ मा विराटनगरमा भएको थियो। उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो।

नेपाली महिला फुटबल महिला साफ च्याम्पियनसिप