Logo
७ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग भारतीय सेना प्रमुखको शिष्टाचार भेट

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०६:०९ मा प्रकाशित

काठमाडौं। रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले शिष्टाचार भेट गरेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहेका सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका हुन।

यसअघि उनले आज शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेर उक्त कलेजको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल गरेका थिए।

भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतसँग अन्तक्रिया गरेका थिए।

जनरल पाण्डेले बुधबार मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेर पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेर्डक्वाटरको भ्रमण गरेका थिए।

सोमबार जनरल पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए।

भारतीय सेना प्रमुख शेरबहादुर देउवा