Logo
८ वैशाख २०८१, शनिबार

महिला साफ च्याम्पियनसीप : भुटानविरुद्धको खेलमा नेपालको सुखद सुरुवात

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०७:०९ मा प्रकाशित

काठमाडौं। छटौं संस्करणको साफ महिला च्याम्पियनसिप आजदेखि सुरु भयो। दशरथ रंगशालामा भएको उद्धघाटन खेलमा नेपालले भुटानलाई पराजित गर्यो।

यससँगै पहिलो उपाधि उचाल्ने लक्ष्य लिएको नेपालले च्याम्पियनसिपमा सुखद सुरुवात गरेको छ। करिब तीन वर्षपछि राष्ट्रिय टिम फर्किएकी सवित्राले दुई गोल गरिन्।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा सुरु भयो। मुख्य रेफ्रि टेक्चम रन्जिताले हुसेल फुक्दै खेल सुरु गरिन्। खेलसँगै झरी पनि सुरु भयो। झरीसँगै सुरु भएको खेलमा नेपालले गोलको वर्षा गर्यो।

नेपालले भुटानलाई ४ शून्य गोलले पराजित गर्यो। यससँगै साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलको अपराजित यात्रालाई कायमै राख्यो।

२०१० मा माल्दिभ्सविरुद्ध ६ शून्यको जित निकालेको नेपालले दोस्रो संस्करणको पहिलो खेलमा पाकिस्तानलाई ८ शून्यको फराकिलो अन्तरमा पराजित गरेको थियो। त्यसयता नेपालले आफ्नो पहिलो खेलमा भुटान प्रतिद्वन्द्वीको रुपमा पाउँदै आएको छ।

२०१४ र २०१६ को साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई समान ८ शून्यले पराजित गरेको थियो। तर, २०१९ मा विराटनगरमा सम्पन्न साफमा भुटान ३ शून्यले पराजित भयो।

साफ च्याम्पियनसिपमा नेपालसँग चौथोपटक भेट गरेको भुटानले नेपालविरुद्ध एक गोलसमते फर्काउन सकेको छैन्। नेपालले भने चार खेलमा भुटानको पोस्टमा २० गोल गरेको छ।

चौथो भेटमा भुटान नेपालसँग ४–० गोलले पराजित भएको छ। दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानलाई पराजित गर्न सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरे।

पहिलो हाफमा १–० को अग्रता बनाउँदा सावित्राले गोल गरेकी हुन्। राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्राले डेब्यु खेलाडी अमिसा कार्कीको पासमा गरेकी हुन्। खेलको १२ औं मिनेटमा गोलरक्षक संगिता मोङ्गेर अगाडि बढेको अवस्थामा अमिषाको पासमा सावित्राले गोल गरेकी हुन्।

सावित्राले करिब तीन वर्षपछि राष्ट्रिय टिमबाट खेल्दै गोल पनि गरिन्। घुँडाको चोटका कारण सावित्राले घरेलु मैदानमा बंगलादेश विरुद्धको दुई मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोट अन्तर्गतका दुई खेल गुमाएकी थिइन्।

३५ औं मिनेटमा भुटानले गोल फर्काउने सुन्दर अवसर पाएको थियो। नामगेल डेमाले पोस्ट अगाडि खुल्ला ठाउँमा दिएको पदएको सापलाई सुनिता राईले सदुपयोग गर्न सकिनन्।

खेलको ६८ औं मिनेटमा सावित्राले व्यत्तिगत दोस्रो गोल गरिन्। यस्तै अनिता बस्नेतले ७३ औं र ८५ औं मिनेटमा गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाइन्। भुटानविरुद्धको खेलमा मिडफिल्डर दीपा शाही र फरवार्ड अमिषा कार्कीले राष्ट्रिय महिला सिनियर फुटबल टिममा डेब्यु गरेकी थिए।

टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी दीपा र अमिषाले १९ वर्ष मुनिएको राष्ट्रिय टोलीबाट भने खेलिसकेका छन्। दीपा गत वर्ष सम्पन्न उपमेयर कपमा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्चामा आएकी थिइन्। अब नेपालले समूहको दोस्रो खेल २७ गते श्रीलंकासँग खेल्नेछ।

महिला साफ च्याम्पियनसीप