Logo
१७ असोज २०८३, शनिबार

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार १०:०९ मा प्रकाशित

काठमाडौं। कवि भूपि शेरचनका नाममा धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङद्वारा स्थापित ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ।

आज बसेको प्रबन्ध समितिको बैठकले आउँदो कात्तिक महिनाभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानले स्रष्टा र साहित्यिक संस्थालाई आलापालो गरी बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ।

यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए। भूपि शेरचन र उनका रचनामाथि लेखिएका समालोचनात्मक कृतिले पुरस्कारको मूल्यांन प्रक्रियामा प्राथमिकता पाउने उनको भनाइ छ।

कवि, लेखकबाट प्राप्त कृतिमध्येबाट छनोट समितिले उत्कृष्ट ठहराएको कृतिलाई ‘भूपि पुरस्कार’ समर्पण गरिने छ। पुरस्कारको राशि २५ हजार छ।

भूपी शेरचन

ट्रेन्डिङ ( साप्ताहिक )