Logo
६ वैशाख २०८१, बिहीबार

पोखरामा पनि चल्यो अनधीकृत संरचनामा डोजर

अक्षरपाटी
२०७९ भदौ २३ , बिहीबार १०:०९ मा प्रकाशित

पोखरा। पोखरा महानगरपालिकाले पनि अनधीकृत संरचनामा डोजर चलाउन सुरु गरेकेो छ।

आज बिहान महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी, पुस्तकालयलगायत अनधीकृत संरचनामा डोजर चलाएको हो।

महानगर प्रमुख धनराज आचार्य, वडाध्यक्षसहितको टोलीले बिहान ग्यालरी, पुस्तकालय र कही पसलमा डोजर चलाएको हो।

ग्यालरीको तल्लो तलामा सटर बनाएर भाडामा लगाइएको थियो। बिचौलियाका कारण सटर भाडाबापत महानगरले करोडौं राजस्व उठाउन बाँकी छ।

२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै भत्काउने निर्णय भएको थियो । सो स्थानमा पार्क निर्माण गर्ने वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए ।

पोखरा महानगरपालिका