Logo
२६ वैशाख २०८१, बुधबार

सुशासन र समृद्धिबारे चैतन्यको दुई दिने सेमिनार

अक्षरपाटी
२०७९ भदौ २३ , बिहीबार ०९:०९ मा प्रकाशित

काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा रहेको चैतन्य एकेडेमीले असोज १ र २ गते ‘सुशासन र समृद्धिमाथि दुई दिने राष्ट्रिय सेमिनार गर्ने भएको छ।

आवासीय सेमिनार काभ्रेपलाञ्चोकको धुलिखेलस्थितको एक रिसोर्टमा आयोजना गर्ने भएको छ। एकेडेमीले विगत १० वर्षदेखि देशको विकास, रुपान्तरण एवं समृद्धिलाई मुख्य विषय बनाएर विज्ञहरूको सहभातितामा वौद्धिक बहस गर्दै आएको छ।

यस वर्ष सुशासन र समृद्धि विषयक कार्यक्रम हुन लागेको एकेडेमिका निर्देशक एवं कार्यक्रम संयोजक गणेशप्रसाद जोशी जानकारी दिए।

सेमिनारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘लामो राजनीतिक संक्रमण र दुई वर्ष कोरोना महामारीको प्रभावले नेपालको समृद्धि र विकासको यात्राले अपेक्षित गति लिन नसकेको कुरा आम नेपालीले महशुस गर्दै आएका छन्। सोही कुरालाई मध्यनजर गर्दै हामीले थोरै भए पनि टेवा पुगोस् भनेर सेमिनार गर्न लागेका हौँ।’

नेपाल सरकारले पनि समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य लिएको बताउँदै यसलाई साकार तुल्याउन भूमिका खेल्नु प्रत्येक नागरिकको कर्तव्य भएको जोशीले बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको राष्ट्रिय अभियानलाई साकार तुल्याउन प्रस्तावित दुई दिवसीय सेमिनारले सानो सहयोग पुयाउने अपेक्षा चैतन्यको रहेको जोशीले बताए।

भने, ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीयलगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा देशभित्र उपलब्ध सम्बन्धित क्षेत्रका विज्ञ एवं मूर्धन्य व्यक्तित्वहरु तथा रुपान्तरणका लागि सरोकारवालालाई एकै थलोमा भेला गरेर सम्भानाहश्र पहिचान गर्ने लक्ष्य राखिएको छ।’

नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सेमिनार सभाध्यक्ष डा विमल कोइरालाले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय अभियान कसरी सार्थक हुन्छ भन्ने सुझाव संकलन गरेर सरकारलाई पेस गर्ने बताए।

उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रमको समापन सूचना सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गर्नेछन् ।

गणेशप्रसाद जोशी चैतन्य