Logo
२१ असोज २०७९, शुक्रबार

चार जिल्लाबाट आरजुको उम्मेदवारी सिफारिस

अक्षरपाटी
२०७९ भदौ १९ , आईतबार ०१:०९ मा प्रकाशित

काठमाडौं। आसन्न आम निर्वाचनमा उम्मेदवारका लागि सिफारिसमा पर्न कतिपयलाई आपत परेको छ।

तर केही भाग्यमानी त्यस्ता पनि छन्, जसको नाम धेरै जिल्लाबाट सिफारिसमा परेका छन्। त्यस्तैमा हुन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा।

उनको चर्चा कैलाली क्षेत्र नम्बर ५ बाट भए पनि अन्य चार जिल्लाबाट पनि उम्मेदवारमा नाम सिफारिस भएको छ। पछिल्लो निर्वाचनमा पार्टीको आन्तरिक बेमेलका कारण नेकपा एमालेका नारदमुनी रानासँग हार व्यहोरेकी राणाले कैलाली ५ बाट चुनाव जित्नेमा आशंका व्यक्त भइरहेका बेला उनको नाम भने अन्य जिल्लाहरुबाट पनि सिफारिस भइरहको छ।

बाँके ३, डडेल्धुरा, कैलाली ५ बाट मात्र होइन राणाको नाम बागलुङ २ बाट समेत सिफारिस भएको छ। केपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी डा राणाको नाम उम्मेदवारमा सिफारिस भएको विषयलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्। उनको सिफारिस निर्वाचनमा उम्मेदवार बनाउन र जिताउन भन्दा पनि आफ्नो पहुँच बढाउनका लागि हुने गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )