Logo
८ वैशाख २०८१, शनिबार

सैनिक कल्याणकारी कोषमा ६९ अर्ब, करिब चार करोड सम्पत्ति

अक्षरपाटी
२०७९ भदौ ३१ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं। सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ।

नेपाली सेनाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख पुगेको जानकारी दिइयो।

विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात ५४ अर्ब १२ करोड ७५ लाख थियो। उक्त नगद मौज्दात ‘क’ वर्गका २९ वटा वाणिज्य बैंकमा छ। कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो।

विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त एक करोड २४ लाख एक हजारबाट कोष स्थापना गरिएको थियो।

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए।

सैनिक कल्याणकारी कोषको रकम विगतमा ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब पाँच करोडमा सीमित रहेको जानकारी दिइयो। सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

६९ अर्ब सैनिक कल्याणकारी कोष