Logo
२६ वैशाख २०८१, बुधबार

मनाइयो द बर्गर हाउसको वार्षिकोत्सव

अक्षरपाटी
२०७९ असोज २ , आईतबार ०६:०९ मा प्रकाशित

काठमाडौं। ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सिफलले प्रथम वार्षिकोत्सव मनाएको छ।

प्रमुख अतिथि विशिष्ठ चलचित्रकर्मी तथा अभिनेता कृष्ण मल्ल, विशिष्ठ अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा राजन भट्टराई, काठमाडौं महानगरपालिका ८ का वडाध्यक्ष आश्मान संगत अतिथिहरु राष्ट्रिय क्रिकेट खेलाडि शरद भेषवाकर, लोकप्रिय गायकहरु मानसराज, कर्णराज गिरि, शंकरलाल श्रेष्ठ लगायतकाले केक काटेर वार्षिकोत्सव मनाएका हुन्।

बर्गर हाउस सिफल खानाका पारखीहरुका लागि एक उत्कृष्ट गन्तब्य बनेको छ। अत्याधुनिक प्रबिधिको हाइजिन मेन्टेन तथा गुणस्तरीय सेवा सुबिधाले सुसम्पन्न भएको रेस्टुरेन्ट ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनु सिफल काठमाडौं’ स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ।

विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेष्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ भने खाना संगै गित संगीतको भरपुर आनन्द लिन सकिन्छ।

बर्गरहाउस