Logo
१६ चैत्र २०८०, शुक्रबार

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

अक्षरपाटी
२०७९ असोज ५ , बुधबार ११:०९ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह छन्।

‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भने।

पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। शुक्लाफाँटा–८ का ६ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जंगलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन्।

नेपाल प्रहरीले भने केही दिनअघि बच्चा चोर्ने गिरोह सक्रिय भएको कुरा अफवाह भएको भन्दै विज्ञप्ति निकालेको थियो। प्रहरीले सामाजिक सञ्जालमा यस्ता भ्रामक सूचना राख्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको थियो।

कञ्चनपुर बच्चा चाेर