Logo
७ वैशाख २०८१, शुक्रबार

जुरिखेतमा दुर्घटना : मृतक ६ जनाको सनाखत

अक्षरपाटी
२०७९ असोज ७ , शुक्रबार १०:०९ मा प्रकाशित

हेटौँडा। हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जनाको परिचय खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका २४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी ३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका ३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया ४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ छन् । मृतक एक जनाको सनाखत हुन बाँकी छ।

गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा अन्य २१ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

जुरिखेतमा दुर्घटना