Logo
१५ वैशाख २०८१, शनिबार

पौडी खेल्न गएका तीन बालकको बगेर मृत्यु

अक्षरपाटी
२०७९ असोज ७ , शुक्रबार ०९:०९ मा प्रकाशित

हेटौँडा। हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाएर तीन बालकको मृत्यु भएको छ।

हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर आज तीन जना बालकको मृत्यु भएको हो। दिउँसोको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

उहाँका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो।

पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ।

बालकको मृत्य हेटाैँडा